बढी मूल्यमा प्याज बिक्री गरेपछि एक व्यवसायी पक्राउ

बढी मूल्यमा प्याज बिक्री गरेपछि एक व्यवसायी पक्राउ

काठमाडौं। भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ। यस्तो कार्यमा संलग्न भएको अभियोगमा बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज बिक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो। टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ।

उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ। अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पुर्जी काटेको छ।

उनीहरूले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्यास बिक्री गरेको पाइएको अनुगमन टोलीका एक सदस्यले बताए। सोमबार सम्म प्याजको मूल्य प्रति किलो ७६ रुपैयाँ थियो।

 

- ३१ भाद्र २०७७, बुधबार ०९:१२ मा प्रकाशित

Kumari Advertisement