कुलमान घिसिङको बिदाइ, बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

Bichar Desk 3
अर्थ
कुलमान घिसिङको बिदाइ, बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

काठमाडौं। नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको दुई दिन पछि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन्।

ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन्। ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी भट्टले कोइराला निमित्त कार्यकारी निर्देशक तोकिएको बताए।

- ३१ भाद्र २०७७, बुधबार ०९:१८ मा प्रकाशित

Kumari Advertisement