बीपी प्रतिष्ठानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

विराटनगर। सप्तरीको खडक नगरपालिकाका कोरोना भाइरस संक्रमित एकजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार खडक नगरपालिका ३ का स्थानीय ३५ वर्षीय पुरुषको बुधबार बिहान ६ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।

राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालबाट भदौ ३० गते प्रतिष्ठानमा भर्ना भएका बिरामीमा मृगौलाको समस्या रहेको थियो। प्रतिष्ठानका अनुसार बिरामीको गत एक वर्षदेखि सातामा दुईपटक डाइलाइसिस गरिँदै आइएको थियो। उनमा उच्च रक्तचापको समेत समस्या रहेको थियो। भदौ २८ मा राजविराजको अस्पतालमै कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा बिहान १० बजेर ४६ मिनेटमा भर्ना गरिएको थियो।

यससँगै प्रदेशमा हालसम्म ५१ जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ। जसमा प्रदेश १ बाहिरका २ महिला र ११ पुरुष गरि कुल १३ जनाको मृत्यु भएको छ।

 

- ३१ भाद्र २०७७, बुधबार १०:३१ मा प्रकाशित

Kumari Advertisement