हिमालयन म्युजिक एकेडेमीले अनलाइन ट्यालेन्ट सो गर्दै

हिमालयन म्युजिक एकेडेमीले अनलाइन ट्यालेन्ट सो गर्दै

काठमाडौँ। नेपाली कला संस्कृति र साहित्यको उत्थानका लागि भन्दै हिमालयन म्युजिक एकेडेमीले अनलाइन ट्यालेन्ट सोको आयोजना गर्दैछ। कोरोना कहरका बिच एकेडेमीले अनलाइन मार्फत गर्ने प्रतियोगितामा गायन, नृत्य, स्ट्याण्डअप कमेडी, लगायतका विधामा प्रतिस्पर्धा गराइने एकेडेमीले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउन १८ सेप्टेम्बर भित्र रजिष्ट्रेसन गरिसक्नुपर्ने र प्रतियोगितामा सहभागिता जनाउने प्रतिस्पर्धीहरूले भिडियो वा अडियो सामाग्री २ देखि ५ मिनेटसम्मको बनाउनुपर्नेछ।

जसमा प्रथम हुनेले २५ सय डलर, तथा द्वितीय र तृतीयले क्रमश १५ सय र १ हजार डलर पाउनेछन्। प्रतियोगिताको निर्णयकमा लोकप्रिय नायिका सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकाश थुलुगं र गोपी दाहाल रहेका छन्। प्रतियोगिताको फाइनल नोभेम्बर २१ तारिखमा हुनेछ।

 

- ३१ भाद्र २०७७, बुधबार १०:४५ मा प्रकाशित

Kumari Advertisement