कुलमानको पुनः नियुक्ति माग गर्दै प्रदर्शन

घिसिङको चार वर्षको कार्यकाल सकिएसँगै मङ्गलबारबाट औपचारिकरूपमा बिदा भएका छन्

कुलमानको पुनः नियुक्ति माग गर्दै प्रदर्शन

काठमाडौं। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ। घिसिङको पुन नियुक्तको माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको हो।

बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपूर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले घिसिङलाई पुन नियुक्तिको माग गर्दै नारावाजी गरेका थिए भने प्लेकार्डहरू बोकेका थिए।

राष्ट्रिय झन्डासहित उपस्थित युवाहरूको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन्। घिसिङको चार वर्षको कार्यकाल सकिएसँगै मङ्गलबारबाट औपचारिकरूपमा बिदा भएका छन्। उनको बिदाइमा हिजो प्राधिकरणमा कार्यक्रम आयोजना गरिएको थियो।

उनको पुन: नियुक्तिका लाविग प्रधानमन्त्री ओली इच्छुक नभएको समाचारहरू सार्वजनिक भएका छन्।

 

- ३१ भाद्र २०७७, बुधबार १२:१३ मा प्रकाशित

Kumari Advertisement