यत्ति महँगो घरमा बस्छन् प्रियंका र निक जोनस, मूल्य कति?

यत्ति महँगो घरमा बस्छन् प्रियंका र निक जोनस, मूल्य कति?

एजेन्सी। बलिउड स्टार प्रियंका चोपडाले सन् २०१८ मा अमेरिकी पप स्टार निक जेसससँग विवाह गरेकी हुन्। प्रियंका चोपडा र निक जोनससँग विवाहले विश्वभर चर्चा पाएको थियो।  प्रियंका र पप स्टार निक जोनस पहिलो भेट क्वान्टिकोको एक मित्रको माध्यमबाट भएको थियो।

विवाहपछि निक जोनस र प्रियंका चोपडा आफ्नो जीवनमा निकै खुसी छन् र आफ्ना प्रत्येक समय रमाइलो गरी बिताइरहेका छन्। प्रियंका विवाह पछि निकको लक एन्जिल्समा अवस्थित घरमा बस्छिन्। त्यहाँ उनको घर निकै नै सुन्दर छ।

निक जोनस र प्रियंकाको लस एन्जिल्सस्थित यो घर निकले प्रियंकालाई उपहारस्वरूप दिएका हुन्। यी दुईको यो घर कुनै विलासी महलभन्दा कम छैन। स्रोतका अनुसार उनीहरूको यो घर २० हजार वर्ग फुटमा बनेको छ जसमा ७ कोठा, ११ बाथरुम, मुभी थिएटर, बार, इन्डोर बास्केटबल कोर्ट, स्विमिङ पुल छन्।

यो घर बाहिरबाट हेर्दा जति सुन्दर हो, भित्रबाट झनै राम्रो छ। निक र प्रियंकाको यो घरको डिजाइन नै युनिक छ। स्रोतका अनुसार निक जोनस र प्रियंका चोपडाको यो घरको मूल्य १५० करोड भारु हो।निक र प्रियंकाले यसै वर्ष लस एन्जिल्समा उक्त घर खरिद गरेका थिए।

 

 

- ३१ भाद्र २०७७, बुधबार १३:१७ मा प्रकाशित

Kumari Advertisement