हिमाल आरोहणका लागि आएका बहराइनका राजकुमारको टोली गोकर्ण रिसोर्टमा

सात दिनपछि आरोहणका लागि प्रस्थान गर्ने

हिमाल आरोहणका लागि आएका बहराइनका राजकुमारको टोली गोकर्ण रिसोर्टमा

काठमाडौं। लोबुचे र मनास्लु हिमाल आरोहणका लागि आएको रोयल गार्ड बहराइनको टोली गोकर्ण फरेस्ट रिसोर्टमा बसेको छ। नेपाल आइपुगेको बहराइनका राजकुमारसहित १८ सदस्यीय टोली रिसोर्टमा सात दिन क्वारेन्टाइनमा बस्नेछ।

टोलीको स्थानीय एजेन्सी सेभेन समिट ट्रेक्स हो। ट्रेक्सका अनुसार टोली सात दिनपछि स्वास्थ्य मापदण्ड पालना गर्दै लोबुचे हिमाल आरोहण गर्न प्रस्थान गर्नेछ। करिब १० दिन लाग्ने लोबुचे हिमाल आरोहणपछि उनीहरु पुनः काठमाडौं आएर सात दिन बस्नेछन्। त्यसपछि मनास्लु हिमाल आरोहणका लागि जानेछन्। मनास्लु हिमाल आरोहणका लागि करिब एक महिना लाग्छ।

लोबुचे ६ हजार ११९ मिटर र मनास्लु ८ हजार १६३ मिटर उचाइँको हिमाल हो। टोलीको सन् २०२१ मा सगरमाथा आरोहण गर्ने लक्ष्य छ।

 

- ३१ भाद्र २०७७, बुधबार १३:३२ मा प्रकाशित

Kumari Advertisement