कंगनाले मागिन् २ करोडको क्षतिपूर्ति

कंगनाले मागिन् २ करोडको क्षतिपूर्ति

एजेन्सी। बलिउडकी अभिनेत्री कंगना रनौतले मुम्बई उच्च अदालतमा मुम्बई महानगरपालिकाले भवन भत्काए बापत २ करोडको क्षतिपूर्तिको माग गरी मुद्दा दायर गरेकी छन्। सेप्टेम्बर ९ मा कंगनाको बान्द्रास्थित कार्यालय भवनको केही हिस्सा महानगरपालिकाको मापदण्ड विपरित बनेको भनेर भत्काइएको थियो।

उनको भवनको ४० प्रतिशत हिस्सा जसमा भौतिक सम्पत्तिहरूमा महानगरपालिकाको २४ घण्टे सूचना प्रसारण पछि डोजर चलाइएको थियो। भवन भत्काइदै गर्दा कंगनाले मुम्बईको उच्च अदालतमा महानगरपालिकाको क्रियाकलाप रोक्नको लागि निवेदन दिएकी थिइन्।

मंगलबार १५ पृष्ठको निवेदन अदालतमा बुझाएकी छन्। जसमा २ करोड क्षतिपूर्तिको माग गरिएको छ।

 

- ३१ भाद्र २०७७, बुधबार १४:२२ मा प्रकाशित

Kumari Advertisement