सौरहामा बिहीबारदेखि होटल खुल्ने

सौरहामा बिहीबारदेखि होटल खुल्ने

चितवन। लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौरहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन्। सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै सौरहाका व्यवसायीले तयारी थालेका हुन्। गएको चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि त्यही महिनाको २८ गतेदेखि फेरि बन्द भएका थिए।

क्षेत्रीय होटल सङ्घ सौरहाका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै बुधबारदेखि तयारी थालिएको छ। कर्मचारी बोलाएर होटलले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको छ। होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको बताइएको छ।

सौराहामा एक सय १० होटल छन्। यसैगरी साना ठूला एक सय हाराहारीका रेस्टुरेन्ट छन्। सौरहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार पाँच सयभन्दा धेरै कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन्।

 

- ३१ भाद्र २०७७, बुधबार १६:०५ मा प्रकाशित

Kumari Advertisement