नेपालमा थप १५३९ मा कोरोना पुष्टि

 नेपालमा थप १५३९ मा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो। यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ। उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

- ३१ भाद्र २०७७, बुधबार १६:२७ मा प्रकाशित

Kumari Advertisement