नेपालमा कोरोनाबाट थप ८ को मृत्यु, मृतक संख्या ३७९

नेपालमा कोरोनाबाट थप ८ को मृत्यु, मृतक संख्या ३७९

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ।

यसअघि मंगलबार हिजो ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो। त्यसअघि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो। गएको आइतबार कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए।

मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो। कोरोनाकै कारण शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो भने विहीबार १ महिला र ४ पुरुष गरी पाँच जनाले ज्यान गुमाएका थिए।

मन्त्रालयका अनुसार यसअघि गत बुधबार तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको थियो।

 

 

 

- ३१ भाद्र २०७७, बुधबार १६:३९ मा प्रकाशित

Kumari Advertisement