उपत्यकामा अहिलेसम्मकै बढि कोरोना संक्रमित थपिए

उपत्यकामा अहिलेसम्मकै बढि कोरोना संक्रमित थपिए

काठमाडौं। उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन्। पछिल्लो १४ घण्टायता उपत्यकामा ७३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा २१६ महिला र ४३६ पुरुष संक्रमित थपिएका छन्।

यस्तै, भक्तपुरमा १३ महिला र १२ पुरुष तथा तिलकपुरमा २४ महिला र ३६ पुरुष संक्रमित थपिएका छन्। देशभरीमा सबैभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा छन्।

देशभर भने पछिल्लो २४ घण्टामा १५३९ जनामा संक्रमण पुष्टि भएको छ भने १०६८ निको भएका छन्। ८ जना सङ्क्रमितको मृत्यु भएको छ।

 

- ३१ भाद्र २०७७, बुधबार १७:२२ मा प्रकाशित

Kumari Advertisement