नेपालसंग मैत्रीपूर्ण फुटबल खेल्न बिभिन्न देशको प्रस्ताव

Bichar Desk 3
Football, खेलकुद
नेपालसंग मैत्रीपूर्ण फुटबल खेल्न बिभिन्न देशको प्रस्ताव

३१ भदौ, काठमाडौं । बंगलादेश, मंगोलिया र डोमिनिकन रिपब्लिकले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्ने प्रस्ताव गरेका छन्। अखिल नेपाल नेपाल फुटबल संघ एन्फाका अनुसार बंगलादेशले उसकै मैदानमा र अरुले नेपालमै आएर मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण धेरै देशमा खेलकुद गतिविधि रोकिएको छ र खेलाडीहरुले अभ्यास तथा प्रशिक्षण गर्न पाएका छैनन् जस्ले गर्दा खेलाडीको खेलमा नकारात्मक प्रभाव परेको छ र अहिले मैत्रीपूर्ण खेलका लागि विभिन्न देशबाट प्रस्ताव आएकाले एन्फा त्यो अवसर सदुपयोग गर्न चाहन्छ। एन्फाले नोभेम्बर वा डिसेम्बर खेल गर्नका लागि सम्बन्धित निकायमा पहल थालेको छ।

- ३१ भाद्र २०७७, बुधबार १७:३७ मा प्रकाशित

Kumari Advertisement