भोलि देशभरका अदालत बन्द

भोलि देशभरका अदालत बन्द

काठमाडौं। असोज १ गते अर्थात् भोलि देशभरका सबै अदालत बन्द हुने भएका छन्। पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधनको शोक मनाउन सर्वोच्च अदालत, सबै उच्च अदालत र जिल्ला अदालतहरु बन्द हुने भएका हुन्।

सर्वोच्च अदालतमा आज आकस्मिक रुपमा बसेको पूर्ण बैठकले सो निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली मिश्रले आज एक विज्ञप्ति निकाल्दै सो कुराको जानकारी दिएका छन्।

२०१३ साल जेठ ८ गते देखि ०१६ साल असार १५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहेका सिंहको हिजो भदौ ३० गते साँझ निधन भएको थियो।  सिंह बिक्रम संवत १९७६ साल माघ २० गते सप्तरीमा जन्मिएका थिए। २००३ सालमा बडाहाकिम भएर उनले सरकारी सेवा प्रवेश गरेका थिए।

- ३१ भाद्र २०७७, बुधबार २०:०५ मा प्रकाशित

Kumari Advertisement