दिलिप रायमाझीको आज जन्मदिन 

दिलिप रायमाझीको आज जन्मदिन 

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका अभिनेता दिलिप रायमाझीको आज जन्मदिन परेको छ। उनी आज आफ्नो ४० औं जन्मदिन मनाउँदैछन्।

नायक दिपिल रायमाझीले २१ बर्ष अगाडि चलचित्र ‘आदिकवि भानुभक्त’बाट नेपाली चलचित्रमा पाइला राखेका हुन्। दिलिपले अभिनय गरेका जिन्दगानी, आफ्नो मान्छे, आफ्नो घर आफ्नो मान्छे, के भो लौन नी, सुपरस्टार, बादलपारि, दर्पण छाया, मितिनी लगायतका चलचित्रले उनलाई सो समयको सर्वाधिक व्यस्त नायक बनाइदिएको थियो।

नृत्य र अभिनयमा पोख्त यी नायकको करिअर चलचित्र ‘लहना’ पछि विस्तारै कमजोर बन्यो। यसपछि उनले धनसम्पत्ती, मलाई माफ गरिदेउ, मुस्कान, पाहुना, दुख, मुग्लान, मिस यू, बाटो मुनिको फूल २, कही कतै, नाई नभन्नु ल-५ लगायतका चलचित्रमा काम गरे।

उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको पर्खाइमा छ। साथै उनी भोली शुक्रबारबाट सुरु हुन लागेको ‘दि डान्सिङ स्टार्स विथ नेपाल’का निर्णायक समेत हुन्। यो शो हिमालय टेलिभिजनमा असोज २ गतेबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदैछ।

 

- १ आश्विन २०७७, बिहीबार १४:०७ मा प्रकाशित

Kumari Advertisement