वायुसेवाले पूर्ण क्षमतामा उडान गर्न पाउने भएपछि यातायात व्यवसायी आक्रोशित, सबै सिटमा यात्रु राख्ने चेतावनी

वायुसेवाले पूर्ण क्षमतामा उडान गर्न पाउने भएपछि यातायात व्यवसायी आक्रोशित, सबै सिटमा यात्रु राख्ने चेतावनी

काठमाडौं। यातायात व्यवसायीले सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने चेतावनी दिएका छन्। सरकारले एयरलाइन्सलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय गरेपछि यातायात व्यवसायी आक्रोशित बनेका हुन्।

जाहाजमा पूरा सिटमा मान्छे राख्न दिएर सरकारले विभेदकारी नीति ल्याएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंको आरोप छ। पहुँचकै आधारमा जाहाजले सबै सिटमा यात्रु राख्ने अनुमती पाएको महासघंले आरोप लगाए।

पैसा हुने धनीहरुले चढ्ने जाहाजमा सामाजिक दुरी कायम गर्नु नपर्ने। गुड्ने र उड्नेको लागि यस्तो विभेदकारी नियम भएको कारण महासघं आक्रोशित बनेको होे। जाहाज र गडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मापदण्ड मानेर पूरा सिटमा यात्रु राख्ने चेतावनी दिएको छ।

 

- ४ आश्विन २०७७, आईतवार १४:१८ मा प्रकाशित