ताप्लेजुङकी कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यु

ताप्लेजुङकी कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यु

ताप्जेजुङ। कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ।

ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उच्च रक्तचाप र कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

उनको शव व्यवस्थापनको तयारी भइरहेको छ। यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ।

- ५ आश्विन २०७७, सोमबार १४:३२ मा प्रकाशित

Kumari Advertisement