पल र साम्राज्ञी ‘रेड वाईन’ मा देखिँदै

पल र साम्राज्ञी ‘रेड वाईन’ मा देखिँदै

काठमाडौं। अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स फिल्म ‘रेड वाईन’ मा रहने भएको छ। ‘रेड वाईन’ रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको फिल्म हो।

पौडेलले यसअगाडि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरेका थिए। निर्देशनमा भने पौडेको यो डेब्यु फिल्म हो। अमेरिकामै सम्पूर्ण छायाँकन हुने बताइएको फिल्म विशुद्ध प्रेमकथामा निर्माण हुन लागेको हो।

यसै फिल्ममार्फत पहिलोपटक पल र साम्राज्ञी जोडीको रुपमा देखिन लागेका हुन्। फिल्ममा कथा, गीत समेत निर्देशक पौडेलकै रहेको छ। फिल्ममा पल र साम्राज्ञीको अलवा सन्दिप क्षेत्री र अमेरिकामा बसोबास गर्ने इमिली लामा लगायतको मुख्य भूमिका रहेको छ।

पासाङ लामा र आर्यन पौडेल निर्माता रहेको फिल्मको सह निर्मातामा निरू भण्डारी हुन्। आर्यन फिल्मस् प्रोडक्सन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा र संवाद सबिर श्रेष्ठले लेखेका छन्।

 

- ६ आश्विन २०७७, मंगलवार १०:३७ मा प्रकाशित

Kumari Advertisement