पुष्प र दीपिका ‘कृष्ण लिला’मा देखिँदै

पुष्प र दीपिका ‘कृष्ण लिला’मा देखिँदै

काठमाडौं। नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइलाई चलचित्र ‘कृष्ण लिला’ मा देखिने भएको छ। दिपक वलीको निर्देशनमा बन्ने यो चलचित्रमा लक्ष्मण सुवेदीको लेखन रहेको छ। 

यो चलचित्रको छायांकन असोजको १५ गतेबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ। चलचित्रमा पुष्प र दीपिका सँगै वुद्दी तामाङ, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ।  

चलचित्रको छायांकन इलाम र तराइका विभिन्न जिल्लामा हुने बताइएको छ। रोमान्टिक सस्पेन्स कथामा यो चलचित्र बन्न लागेको बुझिएको छ। रोहित कट्टेलको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रका निर्माता रत्न श्रेष्ठ हुन्।

लामो समयदेखि ठप्प रहेको चलचित्र क्षेत्र विस्तारै चलायमान हुन थालेको छ। 

 

- ७ आश्विन २०७७, बुधबार १२:२३ मा प्रकाशित

Kumari Advertisement