दीपिका कहिलेकाँही डराउँने भएको भन्दै सोधपुछमा सँगै बस्न दिन रणवीर सिंहको निवेदन

दीपिका कहिलेकाँही डराउँने भएको भन्दै सोधपुछमा सँगै बस्न दिन रणवीर सिंहको निवेदन

एजेन्सी। सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सोधपुछका लागि बोलाएको छ। उनीहरूसँग २५ र २६ सेप्टेम्बरमा सोधपुछ गरिनेछ।

दीपिका पादुकोण बिहीबार राती गोवाबाट मुम्बई पुगेकी छिन्। श्रीमान् रणबीर सिंह पनि उनीसँगै आएका छन्। सुरक्षाका कारण उनी करिब ४५ मिनेट एयरपोर्टमा नै बसेकी थिइन्।

एनसीबीले दीपिकालाई शनिबार सोधपुछ गर्नेछ। स्रोतका अनुसार राणवीरले एनसीबीसँग निवेदन दिएका छन्। उनले निवेदनमा सोधपुछको क्रममा आफू पनि दीपिकासँगै बस्न चाहेको बताएका छन्। उनकी श्रीमतीलाई कहिलेकाँही डर लाग्ने भएकोले उनलाई सँगै बस्न अनुमति दिइयोस् भनेर निवेदन दिइएको छ।

रणवीरले भने, ‘हामी कानूनलाई पालना गर्ने नागरिक हौं। थाहा छ कि नियममा अनुसन्धान भइरहेका बेला अर्को व्यक्ति बस्न सक्दैनन् तर पनि एनसीबीको कार्यालय भित्रसम्म जाने अनुमति भने दिनुपर्छ।’

यद्यपि, उनको यो अपिलमा अहिले पनि कुनै निर्णय भएको छैन। यसअघि दीपिकाले एनसीबीको नोटिसको जवाफमा उनले आफू सोधपुछमा समावेश हुने र अनुसन्धानलाई सहयोग गर्ने बताएकी थिइन्।

रकुलप्रित सिंह र करिश्मा प्रकाशलाई शुक्रबार आज, दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरलाई शनिबार सोधपुछ गरिँदै छ।

 

- ९ आश्विन २०७७, शुक्रबार ०८:१८ मा प्रकाशित

Kumari Advertisement