ड्रग्स च्याट गरेको दीपिकाले स्वीकारिन्

ड्रग्स च्याट गरेको दीपिकाले स्वीकारिन्

एजेन्सी। अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा बलिउडको ड्रग्स कनेक्सन अनुसन्धान गरिरहेको भारतको राष्ट्रिय लागूऔषध अनुसन्धान ब्युरोले अभिनेत्री दीपिका पादुकोणसँग बयान लिएको छ।

शनिबार बयानका क्रममा दीपिकाले आफूहरूको छुट्टै ह्वाट्सएप ग्रुप रहेको र उक्त ग्रुपको एडमिन आफू रहेको स्वीकारेकी छिन। साथै दीपिकाले उक्त ग्रुपमा ड्रग्स सम्बन्धी कुराहरू हुने पनि स्वीकारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दीपिकासँग ब्युरोले शनिबार साढे ५ घण्टा सोधपुछ गरेको थियो। उक्त ग्रुपच्याटमा दीपिकासँगै उनका म्यानेजर करिष्मा प्रकाश, जया शाह लगायत बलिउडकर्मी रहेको उनले बताएकी छिन।

च्याटमा ड्रग्सका कुरा स्वीकार गरेपनि ड्रग्स लिने विषयमा भने दीपिका सीधासीधा उत्तर नदिएको र केही प्रश्नमा मुख नखोलेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यस्तै अर्की अभिनेत्री श्रद्धा कपूरसँग भएको सोधपुछमा उनले आफूले ड्रग्स नलिने बयान दिएकी छिन।

 

- १० आश्विन २०७७, शनिबार १८:०७ मा प्रकाशित

Kumari Advertisement