न्यायको ढोका कहिले खोलिएन……..

न्यायको ढोका कहिले खोलिएन……..

-साहारा लङ्वा लिम्बू

आकाशमा कालो बादल छाई रहेको थियो। पानीले खुब च्यालेन्ज गरिरहेको थियो। नगरोस् पनि कसरी? दिन उस्कै थियो। त्यो भन्दा धेरै त सामाजिक सञ्जाल तातिएको थियो। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या!

निर्मलाको न्यायको निम्ति आवाज उठाउँने हजारौं थिए। सडक सडकमा निर्मलाका चीत्कारहरु गुन्जी रहेको थियो। समाचारहरूका हेडलाइनहरु निर्मलाले छाएको थियो। तर ति आवाजहरू आवाजमै सीमित भए, ति सडकका गल्तिहरूको चीत्कार सडकमै विलयन भए, समाचारका हेडलाइनहरु हेडलाइनमा नै सीमित भए। बन्द भएका न्यायका सुनौला ढोकाहरू खोलिन सकेन। 

निर्मला पन्त त एउटा उदाहरण मात्र हो। यहा निर्मला जस्ता हजारौं छन्। जुन देखिएको छैन। यहाँ जो छोरी मान्छेलाई नङ्ग्याएर बलात्कार गरी खुलेआम हिड्छ उसले नै छोरी मान्छेलाई शरीर ढाक्ने आदर्शका पाठ पढाइरहेको हुन्छ।

तर, विडम्बना यहाँ उस्को देखावटी आदर्श र कानुन उसको पैसा र पावरले लुटेको छ। वि.सं.२०७५ साल साउन ११ गतेको घटनाले न्याय नपाउँदै फेरी यहाँ एक जना १२ वर्षीय सम्झना कामीले निर्मलाको गति अपनाउन विवश भएकी छिन्। त्यो दिन झै अहिले फेरी यहाँ सामाजिक सञ्जाल तातिएको छ। सडकहरू भरिएको छ। तर विवश मेरो देश!

निर्मला न्यायको पर्खाइले २ वर्ष बिताई सक्दा पनि यहाँ उसको निम्ति  कुनै ढोका खोलिन सकेन। तर, फेरी मिति २०७७ साल असोज ७ गते फक्रिन नपाउँदै एउटा कोपिला चुडिन विवश भएकी छिन्। कलम किताब सम्हालेर भविष्यका सुनौलो रेखा कोर्ने समयमा पिपासुको सिकार बन्न बाध्य भइन्।

जहाँ इतिहासलाई चुनाउती दिने सत्ता! आज त्यही सत्ता देशका नारीहरू नाङ्गिन विष, मर्न बाध्य हुँदा आफ्नो सत्ताको कुर्सी र पदको लोभमा विवश छ। सरकारलाई आफ्नो सत्ता जोगाउँन पिर अनि प्रतिपक्षलाई सरकार ढाल्न र गुट उपगुटको नारा बोक्न कठै मेरो देश!

अनि निर्मला, सम्झना जस्ताका अपराधीलाई पैसा र पावरको इसारामा न्याय दिन विवश! हुन त, यहाँ आफ्नो कुर्सी जोगाउन कानुनको मर्यादा भुल्ने मान्छेले त्यो बालिकाको कसरी शरीर जोगाउँन सक्ला त?

अहिले सम्झना कामीको हजुरबुबा, हजुर आमा, बुबा, आमाको हालत ज्यूँदो लास बनेको छ। तर यहाँ सरकार कुर्सीको होडबाजीमा अनि बुद्धिजीवी नेता कार्यकर्ता पार्टी समावेशको पङ्‌क्तिमा अनि कसै सत्ताको आलोचना गर्ने होडमा कसरी पाउँला त सम्झनाले न्याय?

नजर मन्त्रि परिर्वतन र कुर्सी जोेगाउँने तर्फ छ। अनि न्यायकोे आवाज  कसले सुन्ला? सुन्ने त्यही सम्झनाको न्यायको लागि आवज उठाउनेको  सडक सडकमा घाटि सुुकि सकेकोे छ। तर, यहाँ  जस्ले सम्झनाको बलात्कार पछि हत्या गरेर विश्वको महान ठानि एक ठाउँबाट आफ्ना तृष्ण मेटाएर नियालि रहेको छ। अनि कानुनको  धज्जी उडाउँदै आफै खुशियालीको सेलिब्रेसन गर्दै छ।

हत्यारालाई फासि दे! को आवा लाग्छ हर नेपालीले जन्मिन्दै सुनिआएको छ। तर यो देशले त्यो स्थरको कानुन बनाउँन सकेको छैन। किनकी कानुन त त्यहि बलत्कारी र हत्याराकोे इसारामा चलेको छ। अनि कसरी बन्ला फासीकोे कानुन?

मेरो देशको राष्ट्रपति महिला, जबकि कानुन मन्त्रि नै महिला! तर, विडम्बना यहाँ महिला नै सुरक्षित छैन। दोष कस्लाई दिने? कागजको पानामा सीमित कानुुन! अनि पैशावाल र पावरवालको खल्तीमा कानुन! त्यत्ति मात्र कहाँ होर बलत्कारी र हत्याराको इसारामा  कानुन!

बुढापाखाले भन्ने गथ्र्थे, ‘शत्तिले सरापेको देशमा छौं होस गर होइ।’ साद यो बलत्कार, हत्या, हिंशा, भेदभाव देख्दा लाग्छ। शत्तिले सरापेको चै होेइन कर्म उपभोग गर्न नजान्ने मान्छेहरुले गर्दा भगवानले सरापेको देश!

एक दिनमा बलत्कारको समाचार नपढेको दिन कमै होला यहाँ, एउटा छोेरी मान्छे बलत्कारी संग मात्र होेइन यहाँ आफ्नै बुबा सँग जोगिन नसक्ने परिस्थितिहरु पनि धेरै सुनिएको देखिएको छ। घरको  भान्सा कोठादेखि लिएर स्कुुल, घास काट्ने ठाउँ सम्म असुरक्षि हुन्छे एक चेली! भने कहाँ गएर आफ्नो अस्तित्व लुकाउँने? कहाँ गएर अस्मिता जोगाउँने? ठाउँ कहि छैन।

बलत्कारी र हत्याराले बच्न पाउँने ठाउँ नहुनु पर्ने ठाउँमा यहाँ न्यायको निम्ति दशऔला जोड्ने एकै पलमा आफ्नो अस्तित्व र अस्मितालार्ई त्यही पिपासुको कारण खरानिमा मिलाउँनेलाई सास फेर्ने ठाउँ  छैन। 

आफ्नो अस्तित्व र अस्मिताको लागि बलत्कारीहरुको अघि जोेगिन्दा जोगिन्दै बलत्कारीलाई सजाय दिने एउटा चेलीको न्यायको निम्ति कहिले ढोका खोलिएन कठै मेरो देश!

 

 

- १२ आश्विन २०७७, सोमबार १७:१४ मा प्रकाशित

Kumari Advertisement