बलात्कारका घटनालाई रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं : गृहमन्त्री

बलात्कारका घटनालाई रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं : गृहमन्त्री

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन्।

तर पछिल्लो समय औसतमा प्रत्येक दिन ६र७ जना बलात्कृत हुने गरेको देखिएको उनले बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले भने, ‘बलात्कारका घटनालाई रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका छौं।’

बलात्कारीलाई फाँसी दिनुपर्ने महिला सांसदहरूको मागतर्फ संकेत गर्दै उनले कानुनमा कमजोरीहरू छन् कि भन्ने बहस भइरहेको बताए। पछिल्ला समयमा बोक्सीकै आरोपमा निर्घात कुटपिट हुने गरेको पनि उनको भनाइ छ।

यस्ता घटना रोक्न गृह प्रशासनले अधिकतम प्रयास गरिरहेको दाबी समितिमा उनले गरे।समितिमा प्रहरी महानिरीक्षकलगायतलाई बोलाइएको छ।

 

- १४ आश्विन २०७७, बुधबार १२:१२ मा प्रकाशित

Kumari Advertisement