दशैँमा नयाँ नोट साट्नको लागि राष्ट्र बैंक जानु नपर्ने

दशैँमा नयाँ नोट साट्नको लागि राष्ट्र बैंक जानु नपर्ने

काठमाडौं। यसपटक नेपाल राष्ट्र बैंकले दशैको नयाँ नोट साट्न आफ्ना विभिन्न शाखा कार्यालयमा सर्वसाधारणलाई लाइन नलगाउने भएको छ।

कोरोना माहामारीका कारण लाइन लगाउन सम्भव पनि छैन। तर दशैमा दक्षिणाका रुपमा दिइने नयाँ नोट चाहिएको छ भने अब राष्ट्र बैंक होइन तपाईँ आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट लिन सक्ने व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार नयाँ आफूहरुले बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउने र उनीहरु मार्फत नै आम सर्वसाधारणले लिन सक्नेछन्।

पहिले दशैँलाई मात्र नयाँ नोट साटिने व्यवस्था भएपनि नोट सटहीलाई राष्ट्र बैंकले  समावेशी बनाइसकेको छ।  गाईजात्रा, गौरा पर्व, तीज, उभौली, नयाँ वर्ष, छठ, जितिया पर्व, माघीजस्ता चाडमा पनि नयाँ नोट सटहीको सुविधा दिइँदै आएको छ।

कोरोना माहामारीका कारण यस पटकको दशैँमा सरकारले काम तथा पढाइको शिलशिलामा अन्यत्र भएकाहरुलाई घर नफर्कन समेत आग्रह गरेको छ।

- १९ आश्विन २०७७, सोमबार १५:२५ मा प्रकाशित

Kumari Advertisement