प्राधिकरणको हटलाइन सेवाका कर्मचारीमा कोरोना पुष्टि, सेवा बन्द

प्राधिकरणको हटलाइन सेवाका कर्मचारीमा कोरोना पुष्टि, सेवा बन्द

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द भएको छ। हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइ कोभिड १९ सक्रमण देखिएपछि सो सेवा केही दिनका लागि बन्द भएको हो।

विद्युत प्राधिकरणले सूचना जारी गर्दै भनेको छ।, ‘कोरोनाका कारण कार्यालय सिल गर्नु परेकोले हटलाइन सेवा ११५० केहि दिनको लागी वन्द गरिएको व्यहोरा जानकारीको लागी अनुरोध छ। यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौ।’

 

- २३ आश्विन २०७७, शुक्रबार १२:५१ मा प्रकाशित

Kumari Advertisement