सना खानले गरिन् रंगिन दुनियाँ छाड्ने घोषणा

सना खानले गरिन् रंगिन दुनियाँ छाड्ने घोषणा

एजेन्सी। नायिका सना खानले बलिउड छाड्ने निर्णय गरेकी छिन्। ‘बीग बोस ६’मा सहभागी भएर चर्चा पाएकी सनाले चलचित्र ‘जय हो’मा नायक सलमान खानसँग काम गरेकी थिइन्।

सनाले रंगिन दुनियाँ छाडेको र अब मानवताको सेवामा काम गर्ने उल्लेख गरेकी छिन्। उनले आफ्ना निर्माता अर्थात अल्लाहको आदेश पालना गर्ने पनि बताएकी छिन्।

सनाले ग्ल्यामर दुनियाँ छाडेर आफूलाई जन्माउने अल्लाहको आदेश अनुसार अगाडि बढ्ने निर्णय गरेको उल्लेख गरेकीछिन्। उनले, आफूलाई ग्ल्यामर दुनियाँको कुनै पनि कामका लागि अफर नगर्न अपिल गरेकी छिन्।

सनाले सन् २००५ मा हिन्दी चलचित्र ‘यही हे हाई सोसाइटी’बाट अभिनयमा डेब्यू गरेकी थिइन्। यसपछि उनले बलिउड, मलयालम, तमिल, तेलुगु, कन्नड जस्ता चलचित्र नगरीमा काम गरिसकेकी छिन्।

उनले लेखेकी छिन्। ‘आज म आफ्नो जिन्दगीको निकै नै संवदेनशिल मोडमा छु। म लामो समयदेखि ग्ल्यामर क्षेत्रमा छु र यसले मलाई नाम, दाम सबै दिएको छ। तर, केही समयदेखि मलाई एउटा सोचले घेरेको छ, त्यो के भने के मानिस यो दुनियाँमा आउनुको कारण नाम र दाम मात्र हो? के दुःखी र गरिबको लागि काम गर्ने जिम्मेवारी मानिसको होइन? के मानिसले यो सोच्न जरुरी छैन कि कतिबेला उसको मृत्यु हुन्छ रु उ मरेपछि के बन्छ? यी दुई प्रश्नले मेरो दिमागमा कब्जा जमाएको छ। मलाई यो कुरा थाहा भएको छ कि, यो जिन्दगी मरेपछि जिन्दगीलाई उत्कृष्ट बनाउनका लागि नै हो।’

 

- २३ आश्विन २०७७, शुक्रबार १३:२३ मा प्रकाशित

Kumari Advertisement