शिक्षामन्त्री गिरिराजमणिलाई कोरोना संक्रमण

शिक्षामन्त्री गिरिराजमणिलाई कोरोना संक्रमण

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री पोखरेलमा कोभिड-१९ पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ। मन्त्री पोखरेलमा कोरोना सङ्क्रमणका लक्षण समेत देखिएका छन्। ज्वरो आएपछि शनिबार पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आएको हो।

केही दिन यता उनको सम्पर्कमा आएकाका सबैलाई सतर्क र सुरक्षित रहन मन्त्री पोखरेलको सचिवालयले अनुरोध गरेको छ। यसअघि शनिबारमात्रै पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

 

- २५ आश्विन २०७७, आईतवार १७:०१ मा प्रकाशित

Kumari Advertisement