उपत्यकामा २२८३ सहित थप ४ हजार ४७ मा कोरोना पुष्टि

उपत्यकामा २२८३ सहित थप ४ हजार ४७ मा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका छन्। काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन्। यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन्।

देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् ।

- २६ आश्विन २०७७, सोमबार १६:२८ मा प्रकाशित

Kumari Advertisement