त्रिविले व्यवस्थापन सङ्कायमा स्थगित परीक्षा मंसिरमा गर्ने

त्रिविले व्यवस्थापन सङ्कायमा स्थगित परीक्षा मंसिरमा गर्ने

काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिरमा गर्ने भएको छ। मंसिर तेस्रो सातादेखि परीक्षा शुरु हुने त्रिविले सूचना निकालेर जानकारी गराएको हो।

कोरोना भाइरस महामारीका कारण गत चैतदेखि रोकिएका परीक्षा चाडवाडलगत्तै शुरु गर्न लागिएको हो। त्रिविले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पुरानै तरिकाबाट परीक्षा लिन लागेको छ।

त्रिवि व्यवस्थापन सङ्कायका अनुसार सेमेस्टर तर्फका स्थगित परीक्षा मंसिर तेस्रो साताबाट शुरु हुन्छ। सरकारले स्थगित परीक्षाहरू सञ्चालन गर्न अनुमति दिएसँगै त्रिविले गत असोज ६ मा बैठक गरी स्थगित परीक्षाहरू अब सञ्चालन गर्दै जाने निर्णय गरेको थियो।

परीक्षा तालिका छिट्टै प्रकाशित गरिने त्रिविले जनाएको छ।

 

- २७ आश्विन २०७७, मंगलवार ०८:०७ मा प्रकाशित

Kumari Advertisement