४४ वर्षमा ४ सय ७१ महिलाद्वारा सगरमाथाको सफल आरोहण

४४ वर्षमा ४ सय ७१ महिलाद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं। सन् १९७५ देखि सन् २०१९ डिसेम्बरसम्मको ४४ वर्षमा ४ सय ७१ महिलाले सगरमाथाको सफल आरोहण गरेका छन्।

पर्यटन विभागले सार्वजनिक गरेको ‘माउन्टनेरिङ इन नेपाल फ्याक्ट्स एण्ड फिगर २०२०’ मा जनाइएअनुसार हालसम्म ६ हजार ५ सय ७ जनाले सगरमाथा आरोहण गरेका छन्, जसमा महिलाको संख्या कुल सङ्ख्याको ७ प्रतिशतभन्दा बढी  रहेको छ।

सगरमाथा आरोहण गर्ने पहिलो महिला जापानी नागरिक जुन्को तावेइ हुन्। उनले १९७५ मे १६ मा सफल आरोहण गरेकी थिइन्। यसैगरी पहिलो नेपाली महिला आरोही भने पासाङ ल्हामु शेर्पा हुन्। उनले सन् १९९३ को अप्रिल २२ मा सगरमाथाको सफल आरोहण गरेकी थिएन।

सगरमाथा पहिलोपटक तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेका थिए। उनले सन् १९५३ मा सगरमाथाको सफल आरोहण गरेका थिए।

 

- २७ आश्विन २०७७, मंगलवार १२:४९ मा प्रकाशित

Kumari Advertisement