पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ मा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ मा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा १५ सय ३ जना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा ७८ हजार ७ सय ८० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए।

सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ। होम आइसोलेसनमा रहनेहरुको संख्या २० हजार ८ सय ६७ रहेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ६ सय ६३ पुगेको छ।

- २७ आश्विन २०७७, मंगलवार १६:२९ मा प्रकाशित

Kumari Advertisement