जननेता मदन भण्डारीको जीवनीमा आधारित गीतको रेकर्डिङ अन्तिम तयारीमा

जननेता मदन भण्डारीको जीवनीमा आधारित गीतको रेकर्डिङ अन्तिम तयारीमा

काठमाडौं। जननेता क.मदन भण्डारीको जीवनीमा आधारित गीतको रेकर्डिङ अन्तिम तयारीमा पुगेको छ।

राजनीतिज्ञ तथा समाज सेवी बुद्धिमान परियारले लेखेका उक्त गीतमा सङ्गीतकार शिव राज गौतमको सङ्गीत गरेको छ। गीतमा नेकपा बाट राष्ट्रिय सभामा सभासद समेत रहेकी गायिका कोमल वली र चर्चित गायक शिशिर योगीका साथमा गायक कृष्ण रेउले, गायक सन्तोष परियार, गायिका बिमला परियार र गायिका सन्जिता चौलागाईं को आवाज समावेश रहने छ।

बजार व्यवस्थापनमा न्यु मुन मल्टिमिडिया रहने छ भने अहिलेको अतिनै व्यस्त  ‘1 DB’ स्टुडियोमा रेकर्डिङ हुने भएको छ। साथै चर्चित साउण्ड इन्जिनियर ‘HBN kismat’ ले मिक्सिङ र मास्टरिङ गर्ने यस गीतका लेखक बुद्धिमान परियारले जानकारी दिएका छन्।

 

- २८ आश्विन २०७७, बुधबार ०८:०९ मा प्रकाशित