क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण

Bichar Desk 3
Football, खेलकुद
क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण

२७ असोज, काठमाडौं । फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको पोर्चुगलको फुटबल संघले जनाएको छ।

संक्रमण पुष्टि भएपछि उनी राष्ट्रिय टिमबाट बाहिरिएका छन्। उनले बुधबार हुने स्वीडेनविरुद्धको खेल नखेल्ने भएका छन्।

नेसन्स लिगमा फ्रान्स र पोर्चुगलबीचको खेल भएको केही दिनमा रोनाल्डोमा संक्रमण पुष्टि भएको हो।

- २८ आश्विन २०७७, बुधबार ०८:५१ मा प्रकाशित

Kumari Advertisement