आईपीएल: चेन्नाई सुपर किंग्स बिजयी, सनराइजर्स हैदरावाद पराजित

Bichar Desk 3
Cricket, खेलकुद
आईपीएल: चेन्नाई सुपर किंग्स बिजयी, सनराइजर्स हैदरावाद पराजित

८ असोज, काठमाडौं । चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादलाई २० रनले हराउदै तेस्रो जित हात पारेको छ।

चेन्नाईले पहिले ब्याटिङ गर्दै हैदरावादसामु १६८ रनको लक्ष्य पेश गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सफल भयो र आफ्नो हातबाट खेल गुमाउन पुग्यो।

चेन्नईका लागि ओपनिङ गरेका साम कुरानले २१ बलमा ३१ रन जोडेर धमाकेदार सुरुवात दिलाय। सेन वाट्सनले ४२ रन र अम्बाती रायदुले ४१ रनको पारी खेले। रवीन्द्र जडेजाले १० बलमा नटआउट २५ रन जोडे।

१६८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो। उसका लागि मध्यक्रमका ब्याट्सम्यान केन विलियमसनले ५७ रनको पारी खेले। अरु सबै ब्याट्सम्यान सस्तैमा समेटिय।

यो जितसँगै चेन्नाई अंक तालिकाको छैटौं नम्बरमा पुगेको छ।

- २८ आश्विन २०७७, बुधबार ०९:१० मा प्रकाशित

Kumari Advertisement