श्रीमानभन्दा श्रीमतीको उमेर बढि भएका बलिउड जोडीहरू

श्रीमानभन्दा श्रीमतीको उमेर बढि भएका बलिउड जोडीहरू

एजेन्सी। नेपाली समाज झैँ भारतीय समाजमा पनि श्रीमानभन्दा श्रीमतीको उमेर बढी भए, यो असाधारण हुन्छ त्यसैले चर्चाको विषय बन्ने गर्छ। तर विवाह भनेको दुई आत्माको मिलन हो। एक अर्कामा पारस्परिक विश्वास, सम्मान र प्रेम छ भने उमेर त के ‘इन्द्रको बाउ चन्द्र’ आएपनि केही लाग्दैन।

श्रीमान् श्रीमतीभन्दा २० वर्ष जेठो हुँदा पनि सामान्य मान्ने हाम्रो समाजले श्रीमती जेठी हुँदा पनि यसलाई सामान्य रुपमा नै हेरिनुपर्दछ। आखिर जेठी श्रीमती विवाह गर्दा आकाश नै खस्ने पनि त होइन। कान्छा श्रीमान भएका श्रीमती र उनीहरूको जोडी उदाहरणीय बनेको छ।

जेठा श्रीमान् विवाह गरेका सबै श्रीमती खुसी र सुखी छन् भन्नु पनि गलत हुनेछ। महत्वपूर्ण कुरा भनेको माया हो, प्रेम हो, सद्भाव हो र एकअर्कालाई दिने सम्मान हो। बलिउडमा पनि धेरै छन्। यस्ता जो श्रीमानकोभन्दा श्रीमतीको उमेर बढि रहेको छ।

ऐश्वर्या राय, अभिषेक बच्चन
ऐश्वर्या राय आफ्ना श्रीमान् अभिषेक बच्चनभन्दा दुई वर्ष जेठी छिन्। तर उनीहरूको सम्बन्धमा उमेर भिन्नताले केही मान्यता राख्दैन। यी दुईका एक छोरी आराध्या बच्चन छिन्। ऐश्वर्या र अभिषेक आफ्नो वैवाहिक जीवनमा असाध्यै खुसी छन्।

प्रियंका चोपडा, निक जोनस
प्रियंका चोपडा र निक जोनसमा १० वर्षको उमेर भिन्नता छ। निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन्। तर उमेरमा उनीहरूको सम्बन्धमा कहिले पनि दरार निम्त्याएन। उनीहरूले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए र उनीहरु निकै खुसी भएर वैवाहिक जीवन व्यतीत गरिरहेका छन्।

बिपाशा बसु, करण सिंह ग्रोवर
बिपाशा बसु र करण सिंह ग्रोवरमा तीन वर्षको उमेर भिन्नता छ। बिपाशा करणभन्दा तीन वर्ष जेठी छिन्। यी दुईले सन् २०१६ मा विवाह गरेका थिए। करणको यो तेस्रो विवाह हो तर अहिलेसम्म बिपाशासँग उनको सबैभन्दा राम्रो ट्युनिङ देखिएको छ।

सैफ अली खान, अमृता सिंह
सैफ अली खान अमृता सिंहभन्दा १२ वर्ष कान्छा छन्। दुवैले सन् १९९१ मा विवाह गरेका थिए त्यसपछि उनीहरूको सन् २००४ मा सम्बन्धविच्छेद भयो। अब सैफले आफूभन्दा १० वर्ष कान्छी करिना कपुरसँग विवाह गरेका छन्।

कुणाल खेमू र सोहा अली खान
कुणाल खेमू श्रीमती सोहा अली खानभन्दा पाँच वर्ष कान्छा छन्। यी दुई विवाह अघि लिभ–इनमा बसेका थिए, त्यसपछि मात्रै उनीहरूले विवाहको निर्णय गरेका थिए। उनीहरुले सन् २०१५ मा विवाह गरेका थिए। उनीहरूका एक छोरी इनाया नाओमी खेमू छिन्।

अर्चना पूरन सिंह, परमीत सेठी
अर्चना पूरन सिंह आफ्ना श्रीमान परमीत सेठीभन्दा सात वर्ष जेठी छिन्। उनीहरूको सन् १९९२ मा विवाह भएको थियो। यी दुई आजसम्म पनि एक–अर्कासँग निकै खुसी छन्।

 

 

- २८ आश्विन २०७७, बुधबार १४:४० मा प्रकाशित

Kumari Advertisement