आईपीएल: दिल्ली क्यापिटल्स बिजयी, राजस्थान रोयल्स पराजित

Bichar Desk 3
Football, खेलकुद
आईपीएल: दिल्ली क्यापिटल्स बिजयी, राजस्थान रोयल्स पराजित

२९ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ।

दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाउन सफल भयो। दिल्लीका लागि शिखर धवनले अर्धशतक पूरा गर्दै ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रनको योगदान गरे। कप्तान श्रेयस अय्यरले पनि ४३ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाए।

१६२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन मात्र जोड्न सफल भयो र खेलमा पराजित हुन पुग्यो। उसका लागि ओपनर बेन स्टोक्सले ४१ रन जोडे। रोबिन उथप्पाले ३२ रन बनाउँदा जोस बटलरले २२ रन र सन्जु सामसनले २५ रनको पारी खेले।

- २९ आश्विन २०७७, बिहीबार १०:४९ मा प्रकाशित

Kumari Advertisement