पछिल्लो २४ घण्टामा थप ३७४९ मा कोरोना पुष्टि, ३५६४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३७४९ मा कोरोना पुष्टि, ३५६४ जना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

साथै पत्यकामा बिहीबार थप १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १६९२, भक्तपुरका १३४, तथा ललितपुरका १०८ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १९ जनाको निधन भएको छ। योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

- २९ आश्विन २०७७, बिहीबार १६:३३ मा प्रकाशित

Kumari Advertisement