विवेक ओबरोयको घरमा प्रहरीको छापा

विवेक ओबरोयको घरमा प्रहरीको छापा

एजेन्सी। बलिउड अभिनेता विवेक ओबरोयको मुम्बई घरस्थित बेङ्लोर प्रहरीले छापा मारेको छ। ड्रग्स केसमा विवेक ओबरोयका सालो आदित्या आल्वाको कथित रुपमा संलग्नताका कारण छापा मारिएको भारतीय सञ्चार माध्यमले बताएका छन्।

भारतीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै आदित्य अल्वा फरार भएको बताएको छ। प्रहरीले भनेको छ, ‘विवेक ओबरोय उनका आफन्त हुन् र हामीले आल्वासम्बन्धि केही जानकारी पाएका छौं। हामी यो मामिलामा अनुसन्धान गर्न चाहन्थ्यौँ त्यसैले अदालतको वारेन्ट लिएर क्राइम ब्रान्चको टीम मुम्बईमा उनको घर गएको हो।’

बेङ्लोरमा आदित्या आल्वाको घरमा पनि अनुसन्धान गरिएको छ। छापामारीको क्रममा बेङ्लोर पुलिसका दुई इन्स्पेक्टर बिहीबार दिउँसो करिब एक बजे विवेक ओबरोयको घर पुगेको थियो। विवेक ओबरोयका सालो आदित्य आल्वा कर्नाटकका पूर्वमन्त्री जिवराज अल्वाका छोरा हुन्।

आदित्य अल्वामाथि कन्नड फिल्म इन्डष्ट्रिलाई कथित रुपमा ड्रग सप्लाइ गरेको आरोप छ । कन्नड फिल्म इन्डष्ट्रिलाई स्यान्डलवुडको नामले पनि चिनिन्छ।

 

- ३० आश्विन २०७७, शुक्रबार ०८:४३ मा प्रकाशित

Kumari Advertisement