७२ घण्टामा तयार भयो ‘श्री’ 

७२ घण्टामा तयार भयो ‘श्री’ 

काठमाडौं। नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय जम्मा ७२ घण्टामा खिचेर ‘श्री’ नामक फिचर फिल्म तयार गरिएको छ। कोरोनाको महामारीका कारण विगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन्।

फिल्म फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको हो। सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ एउटै लोकेशनमा जम्मा ७२ घण्टामा फिल्मको सुटिङ सकिएको हो।

फिल्ममा कलाकार सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्की लगायतको अभिनय रहेको छ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ हुन्, भने यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्मातामा रहेका छन्।

शेरबहादुर तामाङको छायाँकङ्न, सुजन बडालको सम्पादन रहेको छ। फिल्म हल खुल्नासाथ दर्शकमाझ ल्याउने योजना निर्माण युनिटको रहेको छ।

 

- ३० आश्विन २०७७, शुक्रबार ११:१७ मा प्रकाशित

Kumari Advertisement