डब्लूएचओको खुलासा : कोरोना सङ्क्रमितको ज्यान बचाउन रेम्डेसिभिर असफल

डब्लूएचओको खुलासा : कोरोना सङ्क्रमितको ज्यान बचाउन रेम्डेसिभिर असफल

एजेन्सी। अमेरिकी कम्पनी गिलिएडको रेम्डेसिभिर कोरोना सङ्क्रमितको ज्यान बचाउनमा असफल भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हालै गरेको आफ्नो क्लिनिकल परीक्षणमा यस्तो पत्ता लगाएको हो।

शुरुमा कोरोना सङ्क्रमितको उपचारका लागि यही भ्याक्सिनको प्रयोग गरिएको थियो। कोरोना संक्रमण मुक्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा पनि यसको प्रयोग गरिएको थियो।

डब्लूएचओले ४ सम्भावित भ्याक्सिन रेजिमेण्टमा परीक्षण गरेको थियो। यो परीक्षणमा ३० देशका ११ हजार २६६ वयस्क संक्रमित सहभागी थिए। भ्याक्सिनहरू भने रेम्डेसिभिर, हाइड्रोक्सीक्लोरोक्वीन, एन्टी एचआईभी ड्रग कम्बिनेशन लोपिनाभिर र इन्टरफेरन थिए।

डब्लूएचओकी प्रमुख डाक्टर सौम्या स्वामीनाथनले शोधमा यी भ्याक्सीन राम्रो साबित नभएको बताएकी हुन्।

 

- ३० आश्विन २०७७, शुक्रबार १३:०० मा प्रकाशित

Kumari Advertisement