पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ मा कोेरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ मा कोेरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन्। यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए। हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ।

साथै पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट ७१५ जनाको मृत्यु पुष्टि भएको छ। हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन्।

मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३७ हजार ३८२ जना रहेका छन्। त्यस्तै हालसम्म १२ लाख ५४ हजार १६७ ओटा पीसीआर परीक्षण भइसकेको छ।

 

- ३० आश्विन २०७७, शुक्रबार १६:३१ मा प्रकाशित

Kumari Advertisement