लुक्ला उडानमा कडाइ

लुक्ला उडानमा कडाइ

काठमाडौं। जुनसुकै स्थानबाट सोलुखुम्बुको लुक्ला जाने हवाई यात्रुहरूले कोरोना संक्रमण नभएको रिपोर्ट अनिवार्य रुपमा देखाउनु पर्ने भएको छ।

यसअघि काठमाडौंबाट लुक्ला आउने यात्रुहरुका लागि मात्रै पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने नियम थियो। खुम्बु पासाङ्ग गाउँपालिकाले सबै एयरलाइन्स र हेलिकप्टर कम्पनीहरूलाई ७२ घण्टाभित्र परीक्षण गरिएको पीसीआर नेगेटिभ रिपोर्ट सुनिश्चित गरेर मात्रै लुक्ला आउन भनिएको जनाएको छ।

लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकप्टरले सेवा दिँदै आएका छन्। लुक्लामा काठमाडौंका साथै, फाप्लु र मन्थलीबाट हवाई उडान हुँदै आएको छ।

 

- १ कार्तिक २०७७, शनिबार १०:१८ मा प्रकाशित

Kumari Advertisement