विवेक र मानवता छ भने दशैँभत्ता बहिष्कार गर्नुहोस् : कांग्रेस नेता धनराज गुरुङ

विवेक र मानवता छ भने दशैँभत्ता बहिष्कार गर्नुहोस् : कांग्रेस नेता धनराज गुरुङ

काठमाडौं। नेपाली कांग्रेसका नेता धनराज गुरुङले दशैँभत्ता नलिन सांसदहरुलाई आग्रह गरेका छन्। शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता गुरुङले विवेक र मानवता भए दशैँभत्ता बहिष्कार गर्न सांसदहरुलाई आग्रह गरेका हुन्।

उनले कोरोनाको महामारीले उत्पन्न आर्थिक मन्दीका कारण गरीब जनतालाई छाक टार्न धौ–धौ परिरहेको बेलामा माननीयहरुले दशैं भत्ता लिनु अपराध भएको बताएका छन्।

‘माननीयज्युहरु तपाईंहरूसँग अलिकति पनि विवेक र मानवता छ भने दशैंभत्ता बहिस्कार गर्नुहोस्’, ट्विटरमा नेता गुरुङले लेखेका छन्, ‘कोरोनाको महामारीले उत्पन्न आर्थिक मन्दीका कारण गरीब जनतालाई छाक टार्न धौ–धौ परिरहेको बेलामा माननीयहरुले दशैं भत्ता लिनु अपराध हो।’

 

- १ कार्तिक २०७७, शनिबार १२:१५ मा प्रकाशित

Kumari Advertisement