बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल। गुल्मीकी एक कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ। रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो।

असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको सोही दिन साँझ साढे ६ बजे को आईसीयूमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गुल्मीमा कोरोना सङ्क्रमितको मृत्यु हुने संख्या ७ पुगेको छ।

 

 

- १ कार्तिक २०७७, शनिबार १२:२२ मा प्रकाशित

Kumari Advertisement