कर्णाली विवाद : बालुवाटारको छलफल सकियो, अध्यक्षद्वयको निष्कर्ष मान्न ओलीको आग्रह

कर्णाली विवाद : बालुवाटारको छलफल सकियो, अध्यक्षद्वयको निष्कर्ष मान्न ओलीको आग्रह

काठमाडौं। कर्णाली विद्रोहका विषयमा प्रधानमन्त्री निवासमा चलेको छलफल सकिएको छ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपा संसदीय दलमा बुझाइएको अविश्वास प्रस्तावका विषयमा शनिबार प्रधानमन्त्री निवासमा छलफल भएको थियो।

छलफलमा मुख्यमन्त्री शाही र विद्रोहमा सहभागी नेताबीच प्रधानमन्त्रीको उपस्थितिमा छलफल भएको हो। ‘तपाईंहरुको कुरा सुनें। अब हामी अध्यक्षद्वय बसेर छलफल गर्छौँ र एउटा निष्कर्ष निकाल्छौ।’, छलफलमा सहभागी नेकपाका कर्णाली सचिव मायाप्रसाद शर्माले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने, ‘त्यसलाई तपाईंहरुले मानेर जानुपर्छ।’

 

- १ कार्तिक २०७७, शनिबार १६:२२ मा प्रकाशित

Kumari Advertisement