पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि 

पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि 

काठमाडौं। बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।

उनका अनुसार आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन्। जसमा संस्थागत आइसोलेसनमा १३ हजार २९९ र होम आइसोलेसनमा २५ हजार ४३८ जना रहेका छन्। यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १५,४३८ जनाको पीसीआर भएको छ। भने, हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ। यसैगरी आज १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ।

साथै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले काठमाडौँमा १ हजार ४५१ भक्तपुरमा १४३ ललितपुरमा १५२ संक्रमित भएको बताए।

 

- १ कार्तिक २०७७, शनिबार १६:३६ मा प्रकाशित

Kumari Advertisement