संखुवासभामा एक कोरोना संक्रमितको मृत्यु

संखुवासभामा एक कोरोना संक्रमितको मृत्यु

संखुवासभा। संखुवासभामा शनिबार पहिलो पटक कोरोना संक्रमितको घरैमा मृत्यु भएको छ। धर्मदेवि नगरपालिकाका–३ का ७९ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ।

उनको कारोना भाइरसका कारण शनिबार दिउँसो मृत्यु भएको बताइएको छ। बिराटनगरबाट घर फर्किएका उनका छोरालाई संक्रमण देखिएपछि बुबाको पनि गत असोज २८ गते पीसीआर परीक्षण गरिएको थियो।

बिहीबार आएको रिर्पोटमा पौडेलको रिर्पोट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमण देखिएपछि एम्बुलेन्स उनको घरमा गए पनि उनी आइसोलेसनमा जान मानेका थिएनन्।

जिल्लामा हालसम्म १ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ। हालसम्म ८१ जना निको भएर घर फर्किसकेका छन्। संक्रमित खाँदबारीको आइसोलेसनमा रहेका छन्।

- १ कार्तिक २०७७, शनिबार १७:०२ मा प्रकाशित

Kumari Advertisement