बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि, सम्पूर्ण भेटघाट बन्द

बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि, सम्पूर्ण भेटघाट बन्द

काठमाडौं। नेकपाका उपाध्यक्ष बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। गौतमको सचिवालयले शनिबार सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिएको छ।

तर उपाध्यक्ष गौतमसहित परिवार र सचिवालयको सदस्यमा कुनै समस्या नरहेको विष्णुमणि सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिए।

योसँगै उपाध्यक्ष गौतमले सम्पूर्ण भेटघाट बन्द रहेको सुवेदीको भनाइ छ।

 

- १ कार्तिक २०७७, शनिबार १९:५१ मा प्रकाशित

Kumari Advertisement