सुजाताको घोषणा : म राम्रो सभापति बन्नसक्छु, एकचोटी मौका दिनुपर्छ

सुजाताको घोषणा : म राम्रो सभापति बन्नसक्छु, एकचोटी मौका दिनुपर्छ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ, सांसद तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेकी छिन्।

उनले एक कार्यक्रमको अन्तरवार्तामा पत्रकार सँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। उनले उक्त कार्यक्रमको अन्तरवार्ता मार्फत नै पहिलो घोषण गरेको पनि बताएकी छिन्। उनले भनेकी छिन्  ‘यो मेरो पहिलो घोषणा हो कि म आउने महाधिवेशनमा सभापतिमा लड्छु। यो घोषणा गरेकोमा धेरै कारणहरू छन्। मलाई धेरै प्रेसरहरु आएको थियो।’

साथै उनले साथीभाईको आग्रहका कारण सोचमा परिवतर्न आएको पनि बताएकी छिन्।  उनले भनिन् ‘साथीभाईहरुले मलाई तपाई लड्नुपर्छ, लड्नुपर्छ सभापतिमा भनेर चार महिनादेखि भन्नुभएको थियो। उहाँहरूले त्यसो भनेर आग्रह गर्दापनि मैले होइन, म अझै हेर्छु भनेको थिएँ। म लड्दिन भन्ने नै मेरो सोच थियो। तर, मेरो सोचमा अब परिवर्तन आएको छ। मलाई लाग्छ अब म पनि लड्नुपर्छ।’

अहिले सम्म कुनै महिलाले उम्मेद्वारी दिन नसकेको उल्लेख गर्दै भनिन् ‘अहिलेसम्म कुनै महिलाले उम्मेद्वारी दिन सकेको छैन्। र, नेपाली कांग्रेसले ईतिहास पनि बनाउँछ। म राम्रो सभापति पनि बन्नसक्छु। एकचोटी मौका पनि दिनुपर्छ।’

 

- १६ कार्तिक २०७७, आईतवार १२:३१ मा प्रकाशित