आईपीएल: दिल्लीद्वारा बैंगलौर पराजित

Bichar Desk 3
Cricket, खेलकुद
आईपीएल: दिल्लीद्वारा बैंगलौर पराजित

१७ कात्तिक, काठमाडौं। दिल्ली क्यापीटलसले इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा आफ्नो ठाउँ पक्का गरेको छ।

अबुधाबीस्थित शेख जायद रंगशालामा सोमबार भएको म्याचमा रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले हराउदै १६ अंक सहित दिल्लीले क्वालिफायर यात्रा प्राप्त गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले ७ विकेटको क्षतिमा १५२ रन मात्र बनाउन सफल भयो। उसका लागि देवदुत पडिकलले ५० रन जोडे भने एबी डी भिलियर्सले ३५ रनको योगदान गरे।

१५३ रनको लक्ष्य पछ्याएको दिल्लीले चार विकेट गुमाउदै १९ औं ओभरमा लक्ष्य हासिल गर्‍यो। दिल्लीको जितमा शिखर धवनले ५४ रन र अजिन्क्या राहाणेले ६० रनको योगदान पुर्याय।

अब दिल्लीले शीर्ष स्थानमा रहेको टिम मुम्बईसँग आगामी बिहीबार पहिलो क्वालिफायरमा खेल्नेछ।

जित्ने टिम फाइनलमा पुग्नेछ भने हार्ने टिमले दोस्रो क्वालिफायरमा मौका पाउनेछ।

- १८ कार्तिक २०७७, मंगलवार १५:४२ मा प्रकाशित